टोकियो/ गल्कोट समाज जापानले आफ्नो २०औँ साधारण सभा आउँदो सेप्टेम्बर ९ मा गर्ने भएको छ। समाजले एकता, सहकार्य र आपसी सद्भावलाई अझ मजबुत बनाउनको लागि यो सभा आयोजना गर्न लागिएको जनाएको छ।
समाजका अनुसार साधारण सभामा गत वर्षको गतिविधि समीक्षा, आगामी वर्षको कार्यक्रम योजना, प्रतिवेदन प्रस्तुतिकरण तथा आवश्यक छलफल गरिनेछ। कार्यक्रममा समाजका सम्पूर्ण सदस्य, सहयोगी तथा शुभेच्छुकहरूको उपस्थितिका लागि आग्रह गरिएको छ।
कार्यक्रम दिउँसो २ बजे टोकियो, तोशिमा–कु, निशीइकेबुकुरोस्थित यामानोते बिल्डिङ (६औँ तला A) मा हुने जनाएको छ। सम्पर्क नम्बर ०३–५९५६–२५६५ उपलब्ध गरिएको छ।
साधारण सभामा समाजका क्रियाशील सदस्यहरूको उपस्थिति समाजको प्रगति र आगामी योजनालाई अझ सशक्त बनाउन टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।


