Niluwa Online Khabar

२०८३ बैशाख १० गते
२०८३ बैशाख १० गते

नेपाली कम्युनिष्ट पार्टीले बागलुङमा एकता सभा गर्दै 

Advertisement

Advertisement

बागलुङ मंसिर २६
नेकपा माओवादी केन्द्र, नेकपा एससहित विभिन्न कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर २७ गते बागलुङमा एकता सभा गर्ने भएको छ ।

एकता सन्देश सहितको प्रदेशमा सभा गरेको नेकपाले विभिन्न जिल्लामा पनि सभा गरिरहेको छ । एकताको सन्देश प्रवाह गर्ने उद्देश्य सहित सभा सदरमुकाम बागलुङ बजारमा गर्न लागिएको पूर्व नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक प्रकाश घर्ती मगरले जानकारी दिनुभयो ।

सभालाई सम्बोधन गर्न नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसाल, देवेन्द्र पौडेल, दिल कुमारी पन्त लगायतका नेताले सम्बोधन गर्ने घर्तीको भनाई छ । कार्यक्रममा जनवादी कलाकार झंकार बुढा तथा सामना परिवारको सांङ्गीतिक प्रस्तुति रहने बताईएको छ ।

जिल्ला भरबाट करिब एक हजार बढी नेता कार्यकर्ता सहित बागलुङ बजारको लोकतान्त्रिक चोकमा कार्यक्रम गर्ने घर्तीले उल्लेख गर्नुभयो । नेकपाले मंसिर १२ गते सुदुपश्चिमको धनगढीबाट सुरु भएकाे एकता सभा लुम्बिनी, गण्डकी, कोशी, मधेस प्रदेशमा सम्पन्न गरी सकेको छ ।

Source:thamman thapa sandesh

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.