Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

बागलुङ क्षेत्र नम्बर २ बाट रास्वपाका बबिन खत्रीको भावनात्मक अपिल

Advertisement

Advertisement

बागलुङ क्षेत्र नम्बर २ बाट रास्वपाका बबिन खत्रीको भावनात्मक अपिल : “एक कार्यकालमै नतिजा देखाउँछौँ”
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बागलुङ क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार लिल बहादुर खत्री (बबिन खत्री) ले आउँदै गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदातासमक्ष भावनात्मक अपिल गरेका छन्।
खत्रीले विगत ३५/३६ वर्षदेखि कांग्रेस, एमाले र माओवादीलाई अवसर दिइए पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन अनुभूति गर्न नसकेको उल्लेख गर्दै अब देशले नयाँ सोच, नयाँ पुस्ता र विविधताको प्रतिनिधित्व खोजिरहेको बताएका छन्।
“हामी तपाईंहरूकै भाइ–छोराको हैसियतले परिवर्तनको स्पष्ट प्रतिबद्धता लिएर तपाईंहरूकै बीचमा आएका छौँ,” खत्रीले भने, “अब देशलाई एकपटक नयाँ नेतृत्वलाई जिम्मा दिने समय आएको छ।”
उनले सम्पूर्ण न्यायप्रेमी आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपटक अवसर दिन आग्रह गरेका छन्। रास्वपालाई देश नेतृत्व गर्ने अवसर प्राप्त भए एक कार्यकालमै नतिजा देखाउने दाबीसमेत गरेका छन्।
खत्रीका अनुसार रास्वपाको प्राथमिकतामा
सुशासन र भ्रष्टाचारमुक्त नेपाल,
युवा सशक्तीकरण,
समावेशी तथा न्यायपूर्ण समाज निर्माण,
र व्यवहारिक तथा न्यायपूर्ण आर्थिक विकास रहेका छन्।
उनले राजनीतिक नियुक्तिको सट्टा दक्षता र क्षमतामा आधारित प्रणाली लागू गरिने, युवालाई नीतिनिर्माणमा सहभागी गराइने, सामाजिक न्याय सुनिश्चित गरिने र आम नागरिकको जीवनस्तर सुधार्ने आर्थिक नीति कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
अन्त्यमा खत्रीले “परिवर्तन सम्भव छ, यदि सबैले मिलेर नयाँ भिजन र मिसन भएको नेतृत्वलाई अवसर दिन सकेँ भने,” भन्दै सचेत नागरिक बनेर सही नेतृत्व चयन गर्न मतदातालाई आग्रह गरेका छन्।
रास्वपाले बागलुङ क्षेत्र नम्बर २ मा परिवर्तनको सशक्त आधार तयार हुँदै गएको दाबी गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.