Niluwa Online Khabar

२०८३ जेष्ठ १४ गते
२०८३ जेष्ठ १४ गते

(जंगली भ्याकुर) खाँदा एक जनाको मृत्यु

Advertisement

Advertisement

बागलुङको बडिगाड गाउँपालिका– ५ खाराबजारका भोजराज घिमिरेको घरमा जंगलमा पाइने फल (जंगली भ्याकुर) खाँदा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन् ।

भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने गरेपछि बडिगाड गाउँपालिका – ५ निवासी ७२ वर्षीया फिरक कुमारी घिमिरेको मृत्यु भएको छ ।

यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, बिष्णु घिमिरे, सारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र बि.क., पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी हुनुभएको छ ।

बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको छ l

Oplus_16908288

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.