दिपक सुवेदी बिप्लब
गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो ११औ वार्षिकोत्सव तथा सिल्भर रनिङ कप पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता २०२६ सम्पन्न भएको थियो
गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो ११औ वारवार्षिकोत्सव तथा नेपाली नया बर्ष २०८३को अवसरमा आयोजित ११औसिल्भर रनिङ कप पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता २०२६ टोक्यो चिवामा सम्पन्न भएको थियो
“स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर सन २०१५मा स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको प्रतियोगितामा यस पटक पुरुष, खुल्ला महिला तथा मैत्रीपुर्ण भेट्रान्स खेल गरेको थियो ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासमा टेवा पुराउने उदेश्य लिएर संचालन भएको चिवाको याहोस एरेना स्टेडियममा प्रतियोगितामा पूरुष तर्फ ८ टीम र महिला तर्फ ५ टीमको सहभागिता रहेको थियो।
अहिलेसम्कै धेरै महिला र पुरुस खेल प्रेमीहरु र बिभीन्न सघंसस्थाका प्रतीनिधी हरुको बाक्लो उपस्थीतीमा बाक्लो उपस्थीती सहित भब्य रुपमा सम्पन्न भयको कल्बका अध्यक्ष रमेशकुमार खत्रीले बताय ।
उक्त प्रतियोगितामा सहभागी पुरुष भलिबल तर्फ सहभागी गल्कोट स्पोर्टस् क्लव टोकियो जापान,गल्कोट समाज जापान,पिरो स्पोर्टस् क्लव,बागलुङ समाज जापान ,ताराखोला फ्रेण्डस् सर्कल,चिवा गाईज ,घुम्टे युवा परिवार र नारिता भलिवल ग्रुप को यकदमै कडा प्रतिस्पर्धा मा प्रथम भई उपाधि चुन्न सफल घुम्टे युवा परिवार जापान टिमले ३,३३,३३३ येनसहित सिल्भर कप,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल रहेकोथियो भने द्वितीय हुन सफल पिरो स्पोर्टस् क्लवको टिमले २,२२,२२२ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गर्न सफल भएका थिए ।गल्कोट समाज जापान र चिवा गाईज भलिबल टीमले सान्त्वना स्थान प्राप्त गरी दुबै टिमलाई ६१,१११ येन तथा प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको थियो।
महिला भलिबल प्रतियोगिता तर्फ एनवाईएससी जापान,पुन क्लव जापान,मोना जापान,बुकी रेष्टुरेण्ट,घुम्टे युवा परिवार जापान मध्यबाट खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुन सफल एनवाईएससी NYSC japan ले १,११,१११ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय हुन सफल मोना जापान ले ६६,६६६ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
आयोजकले बिभीन्नबिधागत रुपमा उत्कृस्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरेको थियो जसमध्य पुरुष तर्फ
बेस्ट सेटर:- मिन सुनार पिरो स्पोर्टस्
बेष्ट ब्लकर:- तोरण चन्द ठकुरी घुम्टे युवा परिवार
उत्कृष्ट सर्भर:- अशोक सुनार पिरो स्पोर्टस्
बेस्ट आउटसाइड हिटर :- अनमोल खत्री पिरो स्पोर्ट्स
बेस्ट अपोजिट हिटर :- मिलन क्षेत्री पिरो स्पोर्ट्स
बेस्ट लिबेरो:- योगेश राई पिरो स्पोर्ट्स
उत्कृष्ट प्रशिक्षक :- दीपक कार्की घुम्टे युवा परिवार
उत्कृष्ट खेलाडी:- रवि केसी घुम्टे यूवा परिवार
त्यसै गरी महिला तर्फ
उत्कृष्ट खेलाडी:- शान्ती महतो एनवाईएस सी जापान
बेस्ट आउटसाइड हिटर :- सस्मि पुन मोना जापान
उत्कृष्ट प्रशिक्षक :- बसन्त थापा एनवाईएससी जापान
हुन सफल भएका थिए।
कार्यक्रम गल्कोट स्पोर्टस क्लव टोकियो जापानका अध्यक्ष रमेश कुमार खत्रीको अध्यक्षता गल्कोट समाज जापानका का.वा अध्यक्ष लोकेश खत्रीको प्रमुख आतिथ्यतामा महासचिव नारायण थापा र उपाध्यक्ष दिनेश थापा ले संचालनमा गरेका थिय
कार्यक्रमको मुख्य प्रायोजकमा गल्कोट समाज जापान ले गरेकोथियो ।हरेक बर्ष गर्दै आएको बिशेष सम्मान सामाजिक ब्यक्ति बिशेषमा एनआरएनए जापानका निवर्तमान अध्यक्ष नविन निउरे र खेलाडी तर्फ भलिबल खेलाडि देवेन्द्र खत्रीलाई सम्मान गरिएको थियो भने ब्यक्तिगत जापान भ्रमणमा रहनु भएका भलिबल खेलाडि तथा नरेठाटी युवा क्लवका अध्यक्ष सुवेदार पूर्ण बहादुर कार्कीलाई समेत बिशेष सम्मान गरिएको थियो।
प्रतियोगिता मे ७ तारिक बिहिबारका दिन चिवाको याहोस एरेना स्टेडियममा भब्य र सब्य रुपमा सम्पन भएको थियो


