Niluwa Online Khabar

२०८३ बैशाख ८ गते
२०८३ बैशाख ८ गते

गरिब विद्यार्थीका लागि प्रेरणादायी निर्णय: प्रधानाध्यापक खत्रीद्वारा भत्ता सहयोग गर्ने घोषणा

Advertisement

Advertisement

गलकोट, बागलुङ — गलकोट नगरपालिका–३ स्थित गलकोट माध्यमिक विद्यालयका नवनियुक्त प्रधानाध्यापक राम बहादुर खत्रीले आफूले पदबाट प्राप्त गर्ने भत्ता गरिब तथा जेहेन्दार विद्यार्थीहरूको हितमा खर्च गर्ने घोषणा गर्नुभएको छ।
पदस्थापन कार्यक्रमका अवसरमा बोल्दै उहाँले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको अध्ययन प्रभावित हुन नदिन यस्तो निर्णय लिएको स्पष्ट पार्नुभयो। उहाँको यो कदमले शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व र सेवाभावको उदाहरण प्रस्तुत गरेको छ।
प्रधानाध्यापक खत्रीले मेहनती तथा प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यसैबीच, निवर्तमान प्रधानाध्यापक देवेन्द्र बहादुर खत्रीले नवनियुक्त प्रधानाध्यापक खत्रीलाई औपचारिक रूपमा पद हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा बोल्दै उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन कायम र समग्र विकासमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो।
नवनियुक्त प्रधानाध्यापक खत्रीले विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै सरोकारवालासँग सहकार्य गरी विद्यालयलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फम बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।

Oplus_153223168

Oplus_153223168

Oplus_153223168

Oplus_153223168

Oplus_153223168

Oplus_153223168

Oplus_153223168

oplus_136314880

oplus_136314880

oplus_136314880

oplus_136314880

oplus_136314880

oplus_136314880

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.