Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

गलकोट हटियामा लाखेनाचको रौनक: सांस्कृतिक परम्परामा रमाउँदै नेवार समुदाय

Advertisement

Advertisement

गलकोट नगरपालिका–३ हटियामा बसोबास गर्ने नेवार समुदायले आफ्नो परम्परा अनुसार आज लाखे नाचको आकर्षक प्रदर्शन गरेका छन्। प्रत्येक वर्षझैं गठेमङ्गलदेखि सुरु हुने वर्षे जात्राको मुख्य आकर्षणको रूपमा यस नाचलाई लिइन्छ।

नेवार समुदायका अनुसार जनै पूर्णिमा, कृष्ण जन्माष्टमी र नाग पञ्चमीमा विशेषरूपमा लाखे नाच देखाउने परम्परा रहेको छ। यसै सन्दर्भमा आज नाग पञ्चमीको अवसरमा युवादेखि वृद्धसम्मको सहभागितामा लाखे नाच प्रस्तुत गरिएको हो।

लाखे बन्ने व्यक्तिले राक्षसको आकृति झल्कने खप्पर (मुखौटा) टाउकोमा लगाउने चलन छ। पहिले यो खप्पर काठबाट बनाइन्थ्यो भने अहिले पित्तल वा सिल्टीबाट तयार पारिन्छ। खप्परको शिरमा रंगीचंगी ध्वजाका साथै १२–१५ वटा चौरी गाईका पुच्छर (चमार) जडान गरिन्छ, अनि रंगीन फेटा बाँधिन्छ।

नाचमा ढोलक, झ्याली र तालीको तालमा युवा–युवतीहरूको आकर्षक प्रस्तुति हुन्छ, जसलाई हेर्न टाढाटाढाबाट दर्शकहरू जुट्ने गर्छन्। जात्राको अवधिभर बालबालिकालाई नडराउन तथा कसैलाई केही अप्ठेरो नहोस् भनेर विशेष धार्मिक अनुष्ठान पनि गरिन्छ।

नेवाःखल गलकोटका कोषाध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार लाखे नाचको विधिवत समापन श्रीकृष्ण जन्माष्टमीमा गरिन्छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.