Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

गलकोट–३ मा नव प्रभात स्कुलले मनायो १५औँ वार्षिकोत्सव

Advertisement

Advertisement

गलकोट नगरपालिका वडा नम्बर ३ स्थित नव प्रभात स्कुलले आफ्नो १५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भरत शर्मा गैरेले भन्नुभयो, “गलकोटका विद्यालयहरूबीच नव प्रभात स्कुलले शिक्षामा मात्रै नभई खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। यस्तो अवसरले विद्यालय र अभिभावकबीच नजिकको सम्बन्ध कायम गर्न सहयोग पुर्‍याउँछ।”
सो अवसरमा वडा नम्बर ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
१५औँ वार्षिकोत्सवको अवसरमा आयोजित माध्यमिक विद्यालय स्तरिय छात्र भलिबल प्रतियोगितामा गलकोट माध्यमिक विद्यालय प्रथम, न्यू लाईफ आवासीय माध्यमिक विद्यालय द्वितीय र नव प्रभात स्कुल तृतीय स्थानमा रहे। छात्रा कबड्डी प्रतियोगितामा नव प्रभात स्कुल प्रथम र एरा मदरल्यान्ड बोर्डिङ स्कुल द्वितीय भए। छात्र कबड्डीमा नव प्रभात स्कुल प्रथम र न्यू लाईफ आवासीय माध्यमिक विद्यालय द्वितीय स्थान हासिल गर्यो।
विद्यालयका आन्तरिक क्रियाकलाप अन्तर्गत विभिन्न खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल वितरण गरिएको थियो।
कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक हिरा बहादुर भण्डारीको अध्यक्षतामा, प्रिन्सिपल विरमान आङ्देम्बेको स्वागत र शिक्षक गगन कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.