Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

पर्वतमा बोलेरो जिप पहिरोमा पुरियो, यात्रु सकुशल

Advertisement

Advertisement

पर्वत जिल्लाको मोदी गाउँपालिका–४ क्याङमा शनिबार दिउँसो पहिरो खस्दा एक बोलेरो जिप पुरिएको छ। ध.क.ज ५५८ नम्बरको बोलेरो जिप बराह मन्दिर, लेसपारबाट पूजा सकेर सदरमुकाम कुस्मा फर्किने क्रममा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिरो खस्नु अघि नै पहिल्यै खसेको माटोका कारण सडक हिलाम्मे भएको थियो। त्यसक्रममा जिप सडकमा फसेको र चालकसहित यात्रुहरू गाडी बाहिर निस्केर निकाल्ने प्रयास गरिरहेका बेला माथिबाट ठूलो पहिरो खसेको थियो।

भाग्यवश, सो समयमा सबै यात्रु बाहिर भएकाले मानवीय क्षति हुन पाएन।

जनै पूर्णिमाको दिन लेसपारको हस्रधारास्थित बराह मन्दिरमा विशेष पूजा गर्न आउने भक्तजनको भीड लाग्ने गरेको छ। दुर्घटनामा परेको बोलेरो जिप पनि सोही अवसरमा बराह मन्दिर पुगेका श्रद्धालु बोकेर फर्कंदै गरेको प्रहरीले जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.