Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

नागरिक एपबाटै पासपोर्ट र लाइसेन्सका लागि आवेदन दिने व्यवस्था

Advertisement

Advertisement

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी ४५ दिनभित्र नागरिक एपमार्फत राहदानी (पासपोर्ट) र सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका प्रमुख सरकारी सेवाका लागि एकीकृत आवेदन प्रणाली सञ्चालनमा ल्याउने भएको छ।
मन्त्रालयले स्वीकृत गरेको ‘प्रमुख सुधारात्मक कार्यक्रम’ अन्तर्गत सरकारी सेवाहरूलाई प्रविधिमैत्री, छरितो र झन्झटमुक्त बनाउने उद्देश्यसहित यस्तो योजना अघि सारिएको हो।
मन्त्रालयका अनुसार नागरिक एपमा प्रहरी प्रतिवेदन, राहदानी र सवारी चालक अनुमति पत्र जस्ता सेवाहरूलाई अन्तरआबद्ध गरी एउटै पोर्टलबाट आवेदन दिन सकिने व्यवस्था मिलाइनेछ। यस प्रणाली कार्यान्वयनमा आएपछि सेवाग्राहीहरूले विभिन्न कार्यालय धाउनुपर्ने झन्झट घट्ने विश्वास गरिएको छ।
उल्लेखनीय छ कि नागरिक एपमार्फत अनलाइनबाटै प्रहरी प्रतिवेदन प्राप्त गर्ने सेवा भने यसअघि नै सञ्चालनमा आइसकेको छ। मन्त्रालयले आगामी दिनमा थप सरकारी सेवाहरूलाई पनि क्रमशः एपसँग आबद्ध गर्दै लैजाने योजना बनाएको जनाएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.