Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

पाकिस्तानमा बाढी र पहिरोको कहर : ३२४ जनाको मूत्यु

Advertisement

Advertisement

 

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण गएको ४८ घण्टामा कम्तिमा ३२४ जनाको मृत्यु भएको छ। लगातारको वर्षासँगै आएको आकस्मिक बाढीले बस्ती र सडक डुबानमा परेको र ठूलो संख्यामा मानिसहरू भग्नावशेषमुनि पुरिएको समाचार एजेन्सीहरूले जनाएका छन्।

स्थानीय अधिकारीका अनुसार बाढीपहिरोले प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी छ। तर, निरन्तरको वर्षा, कमजोर भौगोलिक संरचना र सडक अबरुद्ध हुँदा उद्धारकर्मीहरूले ठूलो कठिनाइ भोगिरहेका छन्। शनिबार मात्र उद्धार टोलीले भग्नावशेष खोतल्दै थुप्रै शव बाहिर निकालेका थिए।

घटनामा कम्तिमा १३७ जना घाइते भएको र अझै कैयौं व्यक्ति हराइरहेको आशंका गरिएको छ। धेरै स्थानमा घरहरू पूर्ण रूपमा भत्किएका छन् भने खेतीयोग्य जमिन, पुल, सडक र विद्युत् अवसंरचना ठूलो क्षति भएको जनाइएको छ।

विपद् व्यवस्थापन विभागले प्रभावित जिल्लाहरूमा आकस्मिक सहायता आपूर्ति गर्ने तयारी भइरहेको जनाएको छ। अस्थायी शिविरहरू स्थापना गरिएको र विस्थापितलाई खाना, पानी तथा औषधि वितरण भइरहेको तर पहुँचका कारण राहत आपूर्ति सहज नभएको जनाएको छ।

खैबर पख्तुनख्वा पाकिस्तानको पहाडी प्रान्त भएकाले वर्षायाममा यहाँ पहिरो र बाढीको जोखिम अत्यधिक रहने गरेको छ। यसपालि भने लगातार र भीषण वर्षाले क्षति असामान्य रूपमा बढाएको हो।

सरकारले उद्धारमा सेना र सुरक्षा निकायलाई समेत परिचालन गरेको छ। विपद् व्यवस्थापन विज्ञहरूले अझै केही दिन वर्षा जारी रहने सम्भावना भएकाले सतर्क रहन आग्रह गरेका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.