Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

रमुवामा नेपाल टेलिकमको टावर मर्मत, ब्याकअप ब्याट्री जडान

Advertisement

Advertisement

सुरेश छन्त्याल

गलकोट नगरपालिका–१० पाण्डबखानीस्थित रमुवामा रहेको नेपाल टेलिकमको टावरमा मर्मत कार्य सम्पन्न गर्दै नयाँ ब्याकअप ब्याट्री जडान गरिएको छ।

स्थानीय विद्युत आपूर्ति कमजोर रहेकाले पटक–पटक पावर कट भई सेवा प्रभावित हुँदै आएको थियो। दूरसञ्चार सेवामा देखिएको निरन्तर समस्या समाधान गर्न नेपाल टेलिकम बागलुङले पहल गर्दै हाल ३०० एएच क्षमताको नयाँ ब्याट्री जडान गरेको हो।

नेपाल टेलिकम बागलुङका प्राविधिक टोली प्रमुख देवकुमार कलवारका अनुसार ब्याट्री जडानसँगै अब विद्युत अवरोध भए पनि सेवा निरन्तर रहनेछ। यसअघि विद्युत कटौतीका कारण रमुवा तथा आसपासका बासिन्दा फोन तथा इन्टरनेट सेवाबाट वञ्चित हुँदै आएका थिए।

टेलिकमको भनाइमा, नयाँ ब्याट्रीको प्रयोगले टावरमा सेवा स्थिरता कायम हुने र स्थानियलाई भरपर्दो संचार सुविधा उपलब्ध हुने विश्वास गरिएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.