Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

गलकोटमा भ्यान दुर्घटना, ६ जना घाइते

Advertisement

Advertisement

गलकोट (बागलुङ)। गलकोट नगरपालिका–५ शिवालय मन्दिरनजिकै  भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

गलकोट बहुमुखी क्याम्पसमा दर्ता भएको ग १ झ ७४३ नम्बरको भ्यान हरिचौरबाट हटिया आउँदै गर्दा सडकको मोडमै नियन्त्रण गुमी दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

घाइते हुनेमा—

सुस्मिता बि.क (१८ वर्ष)

प्रमिला बि.क (१८ वर्ष)

मोहोन सिंह सुनार (२५ वर्ष)

जिवन खत्री (१९ वर्ष)

अमिसा क्षेत्री (१९ वर्ष)

सुनिता सापकोटा (१८ वर्ष)

रहेका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेकाले हालैसम्म गलकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, भ्यान तीव्र गतिमा रहेको र मोडमा अचानक नियन्त्रण गुमेपछि दुर्घटना भएको हो। दुर्घटनापछि स्थानीयवासी र प्रहरी टोलीले घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा ओभरस्पिड नै दुर्घटनाको प्रमुख कारण भएको पुष्टि गरेको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.