Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

स्याङजामा बोलेरो जिप दुर्घटना, १८ जना घाइते

Advertisement

Advertisement

स्याङजा – स्याङजामा बोलेरो जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। गल्याङबाट कालिगण्डकी गाउँपालिकाको कोटाकोटतर्फ जाँदै गरेको लु १ ज ३१७४ नम्बरको बोलेरो जिप कालिगण्डकी गाउँपालिका–७ मिर्मि आरुखरक नजिक दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार जिप सडकबाट करिब ३० मिटर तल खस्दा जिपमा सवार सबै यात्रु घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी नजिकैको कालिगण्डकी अस्पताल, मिर्मिमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.