Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

जैमिनी-१० राङखानी नाम्दुक नजिक पिकअप भ्यान दुर्घटना !!

Advertisement

Advertisement

बागलुङको जैमिनी–१० राङखानी नाम्दुकमा बिहिबार साँझ ७ बजे  पिकअप जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

बागलुङ बजारबाट बरेङ गाउँपालिका–१ बास्कोटतर्फ जाँदै गरेको ग १ ज ७४८० नम्बरको पिकअप जीप राङखानीको नाम्दुकमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घुम्ती मोड्ने क्रममा स्टेरिङ फेल भई सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्तजंग पाण्डेले जानकारी दिए

दुर्घटनामा पिकअप चालक बरेङ गाउँपालिका–१ का रवि थापा, सुस्मिता परियार, विक्की परियार, सेती परियार, सुनिता परियार, मोहन परियार र चितवन महानगरपालिका–२६ की ज्योती मगर घाइते भएका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.