Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

दसैंका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट उपलब्ध गराउने

Advertisement

Advertisement

नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंका लागि सुकिला नोट उपलब्ध गराउने भएको छ। आइतबार सार्वजनिक गरिएको सूचनाअनुसार आगामी भदौ २९ गतेदेखि असोज १० गतेसम्म नोट सटही गर्न सकिनेछ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीसहित प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नोट सटही गर्न सकिनेछ। साथै, इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत पनि नोट साट्न सकिने व्यवस्था गरिएको छ।

यसअघि झैँ यस वर्ष पनि एक व्यक्तिले अधिकतम १८ हजार पाँच सय रुपैयाँसम्म सुकिला नोट साट्न पाउनेछन्। जसअन्तर्गत ५, १०, २०, ५० र १०० दरका एक/एक बण्डल नोट उपलब्ध गराइनेछ।

नेपालमा २०१३ सालमा राष्ट्र बैंक स्थापना हुनु अघिसम्म भारतीय मुद्राको दबदबा थियो। नेपाली मुद्राको प्रचलन बढाउनका लागि राष्ट्र बैंकले २०१६ सालदेखि दसैंमा नयाँ नोट निष्कासन र वितरण गर्ने प्रचलन सुरु गरेको हो। दसैंमा अर्थतन्त्र सहरबाट गाउँतिर सर्ने र उपभोग बढ्ने भएकाले यसले नेपाली मुद्राको चलनचल्ती विस्तारमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

हाल एउटा नोट छाप्न करिब रु. १.४० देखि रु. ४.६८ लागत पर्ने गरेको छ। नोटहरूको दुरुपयोगका कारण छिट्टै पुरानो हुने र फेरि नयाँ नोट छाप्नुपर्ने भएकाले हरेक वर्ष करोडौं खर्च हुने राष्ट्र बैंकले जनाएको छ। यही कारण हालका वर्षहरूमा दसैंमा नयाँ नोट नभई सिस्टममा रहेका सुकिला नोट मात्र वितरण गरिँदै आएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.