
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्डको बैठकपछि केही बेरमै नतिजा सार्वजनिक गरिएको हो।
यस वर्षको कक्षा १२ को परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् भने ३८ दशमलव ८३ प्रतिशत विद्यार्थीले नन-ग्रेड (NG) प्राप्त गरेका छन्। बोर्डका अनुसार, नन-ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूका लागि ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने छ।
परीक्षा यस वर्ष २०७९ वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो। नियमिततर्फ मात्र ३ लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र रहेका थिए।
नतिजा हेर्ने विधिहरू:
विद्यार्थीहरूले आफ्नो नतिजा तल उल्लेखित माध्यमहरूबाट हेर्न सक्नेछन्:
🔸 राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटहरू:
result.neb.gov.np
neb.gov.np


