Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट, १०.६ प्रतिशत मात्र भाग्यशाली

Advertisement

Advertisement

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँट भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सर्वसाधारणतर्फको सेयर बाँडफाँट सम्पन्न गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेकोमा कुल २२ लाख ९६ हजार ४६५ आवेदकले आवेदन दिएका थिए। तीमध्ये १३ हजार २३९ आवेदन रद्द भएका छन्। मान्य आवेदन संख्या २२ लाख ८३ हजार २२६ रहेकोमा २ लाख ४२ हजार ३१८ जनाले मात्र सेयर पाएका छन्।

यसमा ५ जनाले ११ कित्ता र बाँकी सबैले १० कित्ताका दरले सेयर पाएका हुन्। स्वीकृत आवेदकमध्ये १०.६ प्रतिशत मात्रले सेयर पाएका छन् भने बाँकी ८९.४ प्रतिशतको हात खाली भएको छ। नतिजा iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।

अपरिस्कृत वित्तीय विवरणअनुसार गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा छ भने प्रतिसेयर आम्दानी ३८ पैसा ऋणात्मक छ।

दरमखोला हाइड्रो इनर्जीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ। आयोजना निर्माणमा २ अर्ब ३८ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ। प्रतिमेगावाट लागत २४ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.