Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

पोखरा महानगरपालिका–१३ आर्बामा बस दुर्घटना हुँदा २३ जना घाइते

Advertisement

Advertisement

पोखरा महानगरपालिका–१३ आर्बामा सोमबार बिहान भएको बस दुर्घटनामा २३ जना घाइते भएका छन् । ग १ ख ४०२७ नम्बरको बस महेन्द्रपुलतर्फ जाँदै गर्दा मड्केल्ना भन्ने स्थानमा अचानक ब्रेक फेल भएर सडक छेउको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये १८ जना महिला र ५ जना पुरुष रहेका छन् । घाइतेमध्ये १२ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने बाँकी ११ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत छन् । तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अधिकांश घाइतेको टाउको र हातमा चोटपटक लागेको छ । तीज मनाउन हिँडेका महिलाहरूको संख्या घाइतेमध्ये धेरै रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धारकार्य गरी घाइतेलाई अस्पताल पुर्‍याएका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.