Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

तिहारमा मौसम सामान्य रहने, पहाडी क्षेत्रमा हल्का बदली र फाटफुट वर्षाको सम्भावना

Advertisement

Advertisement

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको समयमा देशभर मौसम सामान्य रहने भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली भए पनि समग्रमा तिहारभर मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यस अवधिमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नपर्ने भए पनि पश्चिमी वायुका कारण केही पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले सार्वजनिक गरेको कात्तिक ३ गतेदेखि ६ गतेसम्मको मौसम विवरणअनुसार —

कात्तिक ३ गते (लक्ष्मीपूजा) : देशका पहाडी भूभागमा आंशिक बदली रहने, बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने।

कात्तिक ४ गते : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षा सम्भावना, बाँकी भूभागमा मौसम सफा रहने।

कात्तिक ५ गते : देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने, उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने।

कात्तिक ६ गते (भाइटीका) : कोशी र मधेस प्रदेशलगायत देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने, तर उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने।

महाशाखाले तिहारका दिनहरूमा तापक्रम सामान्य रहने तथा देशका अधिकांश भागमा मौसम सफा रहने भएकाले पर्वको वातावरण रमाइलो र सहज रहने अनुमान गरेको छ ।

By निलुवा खबर
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.