Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

क्रोसियामा नपालि युवतीको आफ्नै होस्टेलमा दुखद निधन

Advertisement

Advertisement

 

 

 

जाग्रेब (क्रोएसिया) वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेकी एक  युवतीको आफ्नै होस्टेलमा दुखद निधन भएको छ । धादिङ जिल्लाको गैरा स्थायी घर भई विगत दुई वर्षदेखि क्रोएसियाको राजधानी जाग्रेबमा कार्यरत २२ वर्षीया आनन्दा तामाङ शनिबार मृत फेला परेकी थिईन् ।।
जाग्रेबस्थित एक क्लिनिङ कम्पनीमा मजदुरको रूपमा कार्यरत तामाङ अप्रिल ४, २०२६ का दिन होस्टेलमा मृत अवस्थामा भेटिएकी हुन्  । घटना सार्वजनिक भए लगत्तै त्यहाँ रहेका नेपाली समुदाय र आफन्तजनमा शोकको लहर छाएको छ ।
गैर-आवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाका अध्यक्ष लामाले घटनाको पुष्टि गर्दै प्रारम्भिक प्रकृति हेर्दा उनले आत्महत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका थिए  । अाखिर किन यस्तो गरिन भन्न सक्ने अबस्था नरहेको उनले बताए ।।  मृतक फेला परेको समयमा होस्टेलमा उनका अन्य साथीहरू नरहेको बताइएको छ । यद्यपि, यो मृत्युको वास्तविक कारण भने अझै खुल्न सकेको छैन । स्थानीय प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ भने अस्पतालको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै सत्यतथ्य बाहिर आउने अध्यक्ष लामाले जानकारी दिएका छन्  ।
यस दुखद र असामयिक घटनाप्रति गहिरो दुख व्यक्त गर्दै एनआरएनए क्रोएसियाले एक प्रेस नोट जारी गरेको थियो  । अध्यक्ष लामाले मृतकको चीर आत्माको शान्तिको कामना गर्दै शोककुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
अहिले तामाङको पार्थिव शरीरलाई नेपाल पठाउने वा अन्य के गर्ने  भन्ने  बारेमा आवश्यक कानुनी परामर्श र कानुनि सल्लाह भैरहेको उहाले जानाकारि दिनु भयोको  छ ।
By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.