पोखरा । मन्त्रीहरूले शपथ लिने बेलामा असन्तुष्टि पोख्दै राजीनामा दिएका गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुँवरले राजीनामा फिर्ता लिएका छन् । उनले बिहीबार सभामुख कृष्ण धिताललाई फोन गरेर आफ्नो राजीनामा फिर्ता लिएको जानकारी गराएका हुन् ।
‘उहाँले फोन गर्नुभएको थियो । अहिलेलाई राजीनामाको पत्रलाई अघि नबढाइदिनुहोला भन्नुभयो,’ धिताल भन्छन्, ‘अहिलेलाई रोकिएको छ ।’ कुँवर मन्त्रीको दौडमा थिए ।


