Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

निजामती विधेयकको त्रुटि, राष्ट्रिय सभाबाट सुधार गरिने

Advertisement

Advertisement

काठमाडौँ, १८ असार। राज्य व्यवस्था तथा सुशासन समितिको सहमतिभन्दा फरक हुने गरी प्रतिवेदन तयार भई पारित भएको सङ्घीय निजामती सेवा विधेयकको त्रुटि माथिल्लो सभाबाट सुधार गर्ने गरी अघि बढाइने भएको छ । अवकाश प्राप्त निजामती कर्मचारीले अवकाशको दुई वर्षसम्म कुनै संवैधानिक, कूटनीतिक र सरकारी नियुक्ति लिन नपाउने गरी भएको सहमतिलाई खण्डित गर्ने गरी प्रतिवेदन तयार भई पारित भएपछि विवाद भएको थियो । विवादपछि सभामुख देवराज घिमिरे, समिति सभापति रामहरि खतिवडा र समिति सदस्यहरूको छलफलले माथिल्लो सभालाई गल्ती सुधारको आग्रह गर्ने समझदारी गरेको हो ।

सभामुख घिमिरेले समितिमा भएको सहमतिविपरीत हुने गरी प्रतिवेदनमा भएको त्रुटि पत्ता लगाई आवश्यक प्रक्रिया अघि बढाउने पनि बताउनुभयो । घिमिरेले भन्नुभयो, “छलफल र बहस एउटा गर्ने, निर्णय एउटा गर्ने तर परिणाम त्यसलाई असर गर्ने खालको हुने कुरा कहाँबाट भयो, कसको स्वार्थमा भयो भन्ने खोजीनिती गर्नु पर्छ । त्यो पत्ता लागेपछि मात्र के गर्ने भन्ने विषयमा हामी अघि बढ्नु पर्छ । नियत हो वा त्रुटि मात्र पहिले पत्ता लगाउनु पर्छ । मुख्य कुरा गलत विधेयक पारित नहोस् भन्नेमा हामी सबै सचेत हुनु पर्छ ।”

समितिको छलफलविपरीतको विधेयक पारित भएसँगै सभापतिसहित सांसदहरूले सभामुखसँग छलफल गरेका हुन् । छलफलमा सत्तापक्षले नै सभापति र समिति सचिवले राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिवेदनको त्रुटिबारे छानबिनको माग पनि उनीहरूले गरेका छन् । नेकपा (एमाले) का सांसद पदम गिरीले दुई वर्षको ‘कुलिङ पिरियड’ राख्ने गरी समितिमा भएको सहमतिविपरीत प्रतिवेदन तयार हुनु संसद्को गरिमामा प्रश्न उठेको बताउनुभयो । गिरीले जिम्मेवार पदाधिकारीको राजीनामा र छानबिन प्रक्रिया अघि बढाउन पनि माग गर्नुभयो । उहाँले भन्नुभयो, “दुई वर्षमा सहमति भएको हो । अहिले ‘कुलिङ’ लागु नै नहुने गरी जसरी प्रतिवेदन बनेको छ, त्यो संसद्को गरिमा र मान्यताविपरीत छ । समितिको सहमति जस्ताको तस्तै जानु पथ्र्यो । छानबिन नभएसम्म समितिको कार्बाही अघि नबढाऔँ र जिम्मेवार पदाधिकारीले यसबाट राजीनामा दिनु पर्छ ।”

प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आफूले हस्ताक्षर गरेको कागजातमा सभापति र समिति सचिव जवाफदेही हुनुपर्ने बताउनुभयो । सापकोटाले भन्नुभयो, “यसमा सभापति पनि संलग्न हो भने किर्ते

जालसाजी हो । आफूले गरेको हस्ताक्षरमा जवाफदेही हुनु पर्छ । सभापति र सचिवले राजीनामा दिनु पर्छ ।” कांग्रेस सांसद दिलेन्द्र बडूले भने विधेयकको त्रुटि माथिल्लो सभाबाट सुधार गर्ने गरी अघि बढाउनुपर्ने बताउनुभयो । सभामुखसँगको छलफलपछि बडूले भन्नुभयो, “प्रतिवेदन कसरी त्यस्तो हुन गयो अध्ययन र छानबिन एउटा पाटो हो तर विधेयक सुधार गर्नुपर्ने विषय अर्को हो । छानबिन र सुधार सँगै अघि बढाउनु पर्छ । अब राष्ट्रिय सभाबाट विधेयक सुधार हुनु पर्छ । यो नै विधिसम्मत तरिका पनि हो ।”

समिति स्थगित

विधेयकको प्रतिवेदन विवादमा छानबिन माग भई समिति स्थगन गर्न सत्तापक्षकै सांसदले माग गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । नेपाल प्रहरीको विधेयकको सैद्धान्तिक छलफलका लागि बोलाइएको बैठक विवादपछि स्थगित भएको हो ।

विधेयक विवादपछि सभामुखसँग भएको छलफललगत्तै एमाले र माओवादीका सांसदले बैठक रोक्न माग गरेका थिए । निजामती विधेयकको प्रतिवेदनको विवाद निक्र्योल नभएसम्म समिति नराख्न दुवै दलका सांसदको माग छ । समिति स्थगितसँगै प्रहरी विधेयकको सैद्धान्तिक छलफल अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । गोरखापत्र 

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.