Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

प्रधानमन्त्री ओली स्पेनबाट दोहा प्रस्थान

Advertisement

Advertisement

मेड्रिड (स्पेन)।  स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा कतारको दोहा प्रस्थान प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति दोहा प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उनलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीले विदाइ गरे।

स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन्। गत असार १४ गते स्पेन पुगेका प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ।

 

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.