Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

रवि लामिछानेका पक्षमा झन्डै २५ लाख हस्ताक्षर संकलन, साउन ५ गतेदेखि देशव्यापी घरदैलो अभियान

Advertisement

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा देशभरबाट झन्डै २५ लाख नागरिकको हस्ताक्षर संकलन गरिएको छ। पछिल्लो समय नागरिकता सम्बन्धी विवाद र नेतृत्वप्रतिको आस्थाका बीचमा जनताले लामिछानेप्रति पुनः विश्वास प्रकट गर्दै हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका हुन्।

रास्वपाका अनुसार, “जनताको साथमा रवि लामिछाने” भन्ने नारा राखेर गरिएको उक्त हस्ताक्षर अभियानमा नेपालका सबै प्रदेश, जिल्लादेखि स्थानीय तहसम्मका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको छ।

पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार, अब साउन ५ गतेदेखि देशव्यापी घरदैलो अभियान सञ्चालन गरिनेछ। सो अभियान अन्तर्गत आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, रविको भूमिकाको प्रस्ट व्याख्या र आगामी लक्ष्यबारे जानकारी गराइने जनाइएको छ।

ढकालले भने, “हामीले हस्ताक्षरमार्फत जनताको साथ देखाएका छौं। अब त्यो साथलाई घरदैलोमार्फत झन सशक्त बनाउनेछौं।”

सामाजिक सञ्जालहरूमा पनि रवि लामिछानेप्रति समर्थन जनाउने लहर बढ्दो छ। युवावर्ग, प्रवासी नेपाली, सर्वसाधारणलगायतका धेरै समूहले रविप्रतिको विश्वास जनाउँदै अभियानमा संलग्नता जनाएको देखिएको छ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.