Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

आजको राशिफल

Advertisement

Advertisement

स्वागत छ तपाईंलाई निलुवा खबरमा। आज मिति २०८२ साल साउन १२ गते, सोमबार। तपाईंको दिन शुभ रहोस् भन्ने कामना गर्दै प्रस्तुत गर्दैछौं आजको राशिफल।

मेष राशी —
आज तपाईंको प्रयासले लक्ष्यमा पुग्न सजिलो हुनेछ। रोकिएका कामहरू अघि बढ्नेछन्। आत्मबल उच्च हुनेछ।

वृष राशी —
धेरै समयपछि आम्दानीका राम्रो संकेत छन्। कृषिका काममा सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो रहनेछ।

मिथुन राशी —
पढाइ र प्रतिस्पर्धामा राम्रो प्रदर्शन देखिन सक्नुहुन्छ। प्रेमसम्बन्धमा सुधार हुनेछ।

कर्कट राशी —
स्वास्थ्यमा अलिकति समस्या देखिन सक्छ। खाना–पिना र यात्रामा विशेष ध्यान दिनुहोला।

सिंह राशी —
काममा उर्जा आउँछ। घरपरिवारको सहयोगले आत्मविश्वास बढ्नेछ। रमाइलो खबर पाउन सकिन्छ।

कन्या राशी —
पढाइ र सृजनात्मक कार्यमा सफलता पाउने दिन हो। प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ।

तुला राशी —
व्यापार र रोजगारीमा उन्नति हुनेछ। समाजमा तपाईंको चर्चा बढ्नेछ।

वृश्चिक राशी —
पुराना कामहरू सकिनेछन्। व्यापारमा लाभ हुनेछ। नयाँ योजना बनाउने शुभ समय हो।

धनु राशी —
धार्मिक काममा रुचि बढ्नेछ। घरपरिवारमा सुखद माहोल बन्नेछ।

मकर राशी —
शारीरिक थकान महसुस हुनसक्छ, तर धैर्य गर्नुभयो भने लाभ पाइनेछ।

कुम्भ राशी —
पारिवारिक समर्थन र व्यवसायमा लाभ मिल्नेछ। आत्मविश्वास बढ्नेछ।

मीन राशी —
प्रेम र सामाजिक सम्बन्धमा सुधार हुनेछ। रोकिएका कामहरू पुरा हुँदै जान्छन् l

राशिफल यहीँ समाप्त हुन्छ। तपाईको दिन शुभ रहोस्, सकारात्मक सोच्नुहोस्, राम्रो बोल्नुहोस्, र अझ राम्रो गर्नुहोस्। हामीसँगै रहनुहोस्, निलुवा खबर हेर्दै गर्नुहोस् धन्यवाद  l

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.