आज मिति २०८२ साल, साउन १६ गते शुक्रबार, श्रावण शुक्ल पक्षको अष्टमी तिथि । अंग्रेजी पात्रो अनुसार १ अगष्ट, सन् २०२५, नेपाल संवत ११४५ । आज विश्व स्तनपान सप्ताह प्रारम्भ, राष्ट्रिय कोदो दिवस, गोरखकाली पूजा । आज सूर्योदय बिहान ५ बजेर २७ मिनेट जाँदा भएको छ भने, सुर्यास्त साँझ ६ बजेर ५४ मिनेट जाँदा हुनेछ ।
🐏
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सृजनात्मक सोच बढ्नेछ। अध्ययन, लेखन वा सिर्जनात्मक काममा सफलता मिल्नेछ। प्रेम र सम्बन्धमा प्रगाढता आउनेछ।
🐂
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धेरै कुरामा मन अल्झिन सक्छ। घरपरिवारमा सानो तनाव आउन सक्छ। खर्चमा नियन्त्रण आवश्यक देखिन्छ।
👫
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सवारी वा यात्रामा सावधानी अपनाउनुहोस्। बोल्दा र लेख्दा स्पष्ट हुनु आवश्यक छ। आर्थिक पक्ष भने मजबुत देखिन्छ।
🦀
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक सम्बन्धमा स्नेह बढ्नेछ। नयाँ योजना सफल हुन सक्छ। आत्मबल बढ्ने समय हो।
🦁
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईंको आत्मविश्वास उच्च रहनेछ। साथीभाइ वा आफन्तबाट सहयोग मिल्नेछ। व्यापारमा नयाँ अवसर देखिन्छ।
🌾
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
ध्यान केन्द्रित गरी काम गर्नु राम्रो हुनेछ। खर्चको दबाब रहला तर इनाम पनि पाउन सकिने समय छ।
⚖️
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक मान प्रतिष्ठा बढ्नेछ। राजनीतिक वा नेतृत्वको क्षेत्रमा सफलता मिल्न सक्छ। साथीभाइसँग समय रमाइलो हुनेछ।
🦂
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको चाप बढ्न सक्छ। पुराना समस्याहरू समाधान हुने सम्भावना छ। महत्वपूर्ण निर्णय आज नगर्नु उपयुक्त हुन्छ।
🏹
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
धार्मिक वा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ कुरा सिक्ने अवसर मिल्न सक्छ। वैदेशिक सम्पर्क लाभदायक बन्न सक्छ।
🐐
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धेरै सोच्दा सोच्दा काममा ढिलाइ हुन सक्छ। आर्थिक हिसाबले दिन मध्यम खालको रहला। योजनामा धैर्य अपनाउनुहोस्।
🌊
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साझेदारी वा सहकार्यबाट फाइदा हुनेछ। वैवाहिक जीवनमा मिठास आउन सक्छ। नयाँ योजना सुरु गर्न सकिने दिन हो।
🐟
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा सानातिना समस्या देखिन सक्छ। काममा थकाइ र तनाव अनुभव हुन सक्छ। बिहान ध्यान वा साधनाले लाभ पुग्नेछ।



आज मिति २०८२ साल, साउन १६ गते शुक्रबार, श्रावण शुक्ल पक्षको अष्टमी तिथि । अंग्रेजी पात्रो अनुसार १ अगष्ट, सन् २०२५, नेपाल संवत ११४५ । आज विश्व स्तनपान सप्ताह प्रारम्भ, राष्ट्रिय कोदो दिवस, गोरखकाली पूजा । आज सूर्योदय बिहान ५ बजेर २७ मिनेट जाँदा भएको छ भने, सुर्यास्त साँझ ६ बजेर ५४ मिनेट जाँदा हुनेछ ।