Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

आज साउन १५ गते नेपालभर खिर खाएर मनाइँदैछ

Advertisement

Advertisement

आज साउन १५ गते नेपालभर खिर खाएर मनाइँदैछ, जुन नेपाली समाजमा पुरातन परम्परा हो। वर्षा ऋतुमा असार १५ मा दही-च्युरा र साउन १५ मा तातो खिर खाने चलन स्वास्थ्यका हिसाबले लाभदायक मानिन्छ। दूध, मरमसला र विभिन्न परिकारबाट तयार हुने खिरले शरीरमा शक्ति बढाउने भएकाले यो परम्परा बसेको हो।

सन् २०७७ सालमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई **”खिर दिवस”**का रूपमा मनाउने निर्णय गरेको थियो। दूधमा रहेको चिल्लो, ल्याक्टोज र प्रोटिनका कारण खिर एक उच्च पोषक तत्वयुक्त आहार मानिन्छ।

संस्कृतमा ‘पायस’ भनिने खिर सात्विक आहारमा गनिन्छ, र पितृ तथा देवकार्यमा विशेष महत्व राख्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ। धर्मशास्त्रविद् डा. रामचन्द्र गौतमका अनुसार, खिर वैदिक संस्कृतिमा पनि पवित्र र उपयोगी भोजनको रूपमा वर्णन गरिएको छ।
By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.