Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गर्दै

Advertisement

Advertisement

 

काठमाडौं, साउन १८ ।

प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको अवाजा सहरमा यही साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८, २०२५) आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको यो भ्रमण तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा भएको हो। सम्मेलनमा प्रधानमन्त्री ओलीले **कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरो (Global Coordination Bureau of LDCs)**का अध्यक्षको हैसियतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले सम्मेलन अन्तर्गत आयोजना हुने एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता पनि गर्नेछन। यस्तै, उनले सम्मेलनमा हुने विविध कार्यक्रमहरूमा समेत सम्बोधन गर्नेछन्।

प्रधानमन्त्रीको टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री, र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली साउन २३ गते (अगस्ट ८, २०२५) स्वदेश फर्कने कार्यक्रम रहेको छ।

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.