
गुल्मी, साउन १९ – गुल्मीको मुसिकोट नगरपालिका–१ रगनाममा अविरल वर्षाका कारण गोठ भत्किँदा पाँचवटा पशुचौपायाको ज्यान गएको छ।
६६ वर्षीय जयबहादुर थापाको ढुंगा-माटोले बनेको दुईतले गोठ सोमबार बिहान करिब ११ बजे भत्किएको हो। गोठ भित्र रहेका ३ गाई, १ बाच्छा र १ बाख्रा पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदी अमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। हाल स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ।


