गुल्मी, साउन १९ – चन्द्रकोट गाउँपालिका–४ पुङगामा सोमबार बिहान पहिरो खस्दा एक घर जोखिममा परेको छ।
३३ वर्षीय अमर बहादुर कुमालको दुईतले कच्ची घरको दक्षिणपट्टि पहिरो जाँदा घरको गारो चर्किएको र संरचना कमजोर भएको प्रहरीले जनाएको छ।
घर उच्च जोखिममा रहेकाले चार सदस्यीय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। हाल उनीहरू नजिकै रहेको बुवा वीरबहादुर कुमालको घरमा बसाइँसराइ गरेका छन्।


