Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुकहरुको नाम सार्वजनिक

Advertisement

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो कात्तिक १७ गते हुने रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुकको सूची सार्वजनिक गरेको छ।

रास्वपाले साउन ७ देखि २१ गतेसम्म उम्मेदवारीको लागि आवेदन खुला गरेको थियो। सो अवधिमा ९ जनाले पार्टीमा आवेदन दिएका छन्। लुम्बिनी प्रदेश इञ्चार्ज विपिन आचार्यका अनुसार, आवेदन दिने उम्मेदवारहरूबाट सुलभ खरेलको नाम पहिलो नम्बरमा रहेको छ। आवेदन दिने उम्मेदवारहरूको नामावली:

1. सुलभ खरेल

2. पार्थिवेन्द्र उपाध्याय

3. डा. लेखजंग थापा

4. ज्ञानु पौडेल

5. जीतबहादुर गुप्ता

6. कुसुम महर्जन

7. रचना क्षेत्री

8. पुनम कुमारी अग्रवाल

9. मधुप्रसाद अर्याल

पार्टीका अनुसार उम्मेदवार बन्न चाहनेहरूले तोकिएको रु. २५,००० आवेदन शुल्क बुझाएका छन्।

अब पार्टीले प्राप्त नामहरूबाट अन्तिम उम्मेदवारको चयन गर्नेछ। रास्वपाले भदौ १५ गते अन्तिम उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ।

रुपन्देही–३ क्षेत्रको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन कात्तिक १७ गते तोकिएको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.