Niluwa Online Khabar

२०८३ जेष्ठ २२ गते
२०८३ जेष्ठ २२ गते

जोखिमयुक्त घुम्तीमा सडक ऐना जडान, दुर्घटना न्यूनीकरणमा इन्द्रेणी युवा क्लबको पहल

Advertisement

Advertisement

गलकोट नगरपालिका वडा नम्वर ४ मा क्रियाशील सामाजिक संस्था इन्द्रेणी युवा क्लवले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मध्यपहाडि लोकमार्गको विभिन्न जोखिमयुक्त घुम्तीहरूमा सडक ऐना जडान गरेको छ ।

संस्थाले आफ्नो सेवा क्षेत्रभित्र रहेका सवारी आवागमनका दृष्टिले जोखिमपूर्ण तथा अगाडिबाट आउने सवारी साधन सहजै नदेखिने घुम्तीहरूमा सडक ऐना जडान गरेको हो । ऐना जडान भएपछि सवारी चालकहरूले विपरीत दिशाबाट आउने सवारी साधनको अवस्था पूर्वानुमान गर्न सक्ने भएकाले दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ ।

क्लवका अध्यक्ष विनोद खड्काका अनुसार स्थानीय सडकहरूमा साँघुरा मोड, उकालो–ओरालो तथा दृश्यता कम हुने स्थानहरूका कारण दुर्घटनाको सम्भावना उच्च रहने भएकाले सडक ऐना जडान गरिएको हो । उहाँले सवारी चालकलाई सुरक्षित यात्रा गराउन र सम्भावित दुर्घटनाबाट जोगाउन यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

सडक ऐना जडानपछि विशेषगरी मोटरसाइकल, जिप तथा अन्य साना सवारी साधन चालकलाई घुम्ती पार गर्दा सहजता हुने विश्वास गरिएको छ ।

इन्द्रेणी युवा क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लवले आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Oplus_16908288

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.