काठमाडौं – सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथि जारी अनुसन्धान २६ चैतभित्र टुङ्ग्याउन आदेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेल को इजलासले दुवैलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो। तर तोकिएको समयभित्र अनुसन्धान सम्पन्न नभए उनीहरूलाई रिहा गर्नुपर्ने पनि आदेशमा उल्लेख गरिएको छ।
भदौ २३ गते भएको जेनजी आन्दोलन का क्रममा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको तथा त्यसलाई रोक्न आवश्यक पहल नगरेको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए।
हाल प्रहरीले ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान जारी राख्दै जिल्ला अदालत काठमाडौंको अनुमतिमा उनीहरूलाई थुनामा राख्दै आएको छ।
ओली र लेखकमाथि २६ गतेभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश


