गलकोटमा बाम महिला गठबन्धनको नगरस्तरीय बैठक आज सम्पन्न भयो। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ क्षेत्र नम्बर २ का साझा उम्मेदवार ज्ञामनाथ गैरे अनिललाई विजयी गराउन महिला कार्यकर्ताहरूले सबैजना एकजुट भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो।
बैठकमा निर्वाचन परिचालन समितिका क्षेत्रीय संयोजक फमलाल निउरेले महिला कार्यकर्ताहरूलाई एकताको महत्व र उम्मेदवारको पक्षमा लागेर मतदाता समक्ष पुग्न जोड दिनुभयो। नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य डिल बहादुर परियार र नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर संयोजक गंगा भुजेलले समेत आफ्नो मन्तव्य राख्दै अभियानलाई थप मजबुत बनाउने कुरामा जोड दिनुभयो।
बैठकले कौशिला घर्ती संयोजक र देवी खत्री सहसंयोजक रहेको ४१ सदस्यीय बाम महिला निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ। बैठक बाम महिला गठबन्धन गलकोटका सहसंयोजक देवी खत्रीको अध्यक्षता, विष्णु खत्रीको स्वागत र संयोजक कौशिला घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो।
बैठकमा सहभागी महिलाहरूले आजैदेखि मतदाता भेटघाट, घरदैलो र प्रचार प्रसारमार्फत उम्मेदवारको विजय सुनिश्चित गर्न अभियानलाई गति दिन सुरू गरिसक्नुभएको छ।
गलकोटमा बाम महिला गठबन्धनको नगरस्तरीय बैठक


