Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

गलकोटमा एमालेको निर्वाचन तयारी तीव्र, वडा ६ र ७ मा परिचालन समिति गठन

Advertisement

Advertisement

बागलुङ । नेकपा (एमाले) गलकोट नगरपालिका वडा नम्बर ७ को निर्वाचन लक्षित बैठक सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बैठक आयोजना गरिएको हो ।
बैठकमा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा गलकोट निर्वाचन परिचालन कमिटी संयोजक तिलक उप्रेतीले मुलुकको राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि नेकपा एमालेको जित आवश्यक रहेको बताउनुभयो । उहाँले जनताको पक्षमा निरन्तर काम गर्दै आएको पार्टी भएकाले यसपटकको निर्वाचनमा गलकोटबाट एमालेका उम्मेदवार मञ्जु शर्मा चालिसेलाई विजयी गराउन सबै कार्यकर्ता अनुशासित र सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
बैठकले वडा कमिटी अध्यक्ष होमबहादुर बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । साथै वडा भित्र सात वटा क्लस्टर विभाजन गरी घरदैलो तथा प्रचारप्रसार अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
बैठकमा नेकपा एमाले गलकोट नगर कमिटी सचिव दानबहादुर श्रीस तथा बुद्धिजीवी परिषद् सदस्य एवम् पूर्व शिक्षक दिनेश पन्तले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठक वडा कमिटी अध्यक्ष होमबहादुर बस्नेतको अध्यक्षता, उपाध्यक्ष टोपबहादुर चोखालको स्वागत मन्तव्य र नगर कमिटी सदस्य मिना खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच, नेकपा एमाले गलकोट नगरपालिका वडा नम्बर ६ को निर्वाचन लक्षित बैठक पनि सम्पन्न भएको छ । बैठकमा गण्डकी प्रदेश कमिटी सदस्य तथा निर्वाचन परिचालन कमिटी संयोजक तिलक उप्रेती, जिल्ला कमिटी सचिवालय सदस्य डम्मर श्रीस, गलकोट नगर कमिटी सचिव दानबहादुर श्रीस, प्रतिनिधि सभा उम्मेदवार डा. टंकप्रसाद चालिसे र जिल्ला कमिटी सदस्य गणेश बुढाथोकीलगायतले मन्तव्य राख्नुभएको थियो ।
बैठकको अवसरमा गणेश बुढाथोकीको अध्यक्षतामा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । बैठक वडा नम्बर ६ वडा कमिटी अध्यक्ष ईन्द्र घर्तीको अध्यक्षता, नगर कमिटी सदस्य भक्त नेपालीको स्वागत मन्तव्य तथा पार्टी सदस्य शेरबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.