क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा विजयी
लालु प्रसाद गैरे
Advertisement
Advertisement
जिल्ला क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा विजयी हुनुभएको छ ।
उहाँले १२ हजार ६ सय ४७ मत ल्याएर विजयी हुनुभएको थियो । त्यस्तै शर्माका प्रतिस्पर्धीहरु नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८ सय ६८ मत, नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७ सय ९ मत, नेकपा एमालेका मञ्जु शर्मा चालिसेले ७ हजार ८ सय ६४ मत, श्रम संस्कृति पार्टीका हर्क बहादुर पुनले ५ सय ६४ मत, जनता समाजवादी पार्टीका पूर्ण बहादुर घर्ती मगरले ३ सय १५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही ठकुरीले २ सय ४३ मत, नेशनल रिपव्लिक नेपालका नर बहादुर बुढाले १ सय ९७ मत, नेकपा माओवादीका लोकेन्द्र घिमिरेले ७९ मत, नेपाल मानवतावादी पार्टीका टेक प्रसाद कामीले ७६ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीका पदम बहादुर कुँवरले ४३ मत र मंगोल नेशनल अर्गनाईजेशनका जुन बहादुर थापा मगरले २१ मत प्राप्त गर्नुभएको छ ।
गएको फागुन २१ गते भएको प्रतिनिधी सभाको चुनावमा बागलुङ जिल्ला क्षेत्र नम्वर २ मा ९५ हजार ३ सय ५३ मतदातामध्ये ४७ हजार ५ सय ४७ जनाले मतदान गरेका थिए ।