Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

भारततर्फ थप २०० मेगावाट बिजुली निर्यातको स्वीकृति

Advertisement

Advertisement

काठमाडौं – नेपालले भारतमा थप २०० मेगावाट विद्युत् निर्यात गर्ने अनुमति पाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत सरकारले विभिन्न पाँच जलविद्युत् परियोजनाबाट उत्पादन हुने उक्त विद्युत् खरिद गर्न सहमति जनाएको हो।

यसअघि ८१०.९ मेगावाट निर्यात अनुमति प्राप्त नेपालले नयाँ स्वीकृतिसहित भारततर्फको कुल निर्यात क्षमता १,०१०.९ मेगावाट पुगेको छ। बंगलादेशतर्फ पठाइने ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति १,०५०.९ मेगावाट भएको छ।

नयाँ अनुमति साउन २६ गतेदेखि कात्तिक १४ गतेसम्मका लागि हो। यसअन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन हुने विद्युत् पठाइनेछ।

गत आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात भएको प्राधिकरणले जनाएको छ। नयाँ स्वीकृति र आगामी दिनमा थप अनुमति प्राप्त भएमा यस वर्षको निर्यात अघिल्लो वर्षको तुलनामा करिब दोब्बर हुने अनुमान गरिएको छ।

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.