Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

Advertisement

Advertisement

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट राजीनामा दिएका छन्। मंगलबार उनले सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

‘कूलिङ–अफ–पिरियड’ सम्बन्धी विधेयकमा देखिएको विवादपछि खतिवडाले नैतिक जिम्मेवारी लिँदै पद छाड्ने घोषणा गरेका हुन्। प्रारम्भिक रूपमा समितिले कडाइका साथ पास गरेको प्रावधान अन्तिममा कमजोर बनाइएको आरोप लागेको थियो।

खतिवडाले प्रतिवेदनमा आफ्नो हस्ताक्षर रहेको र अन्तिम चरणमा गहिरो समीक्षा गर्न नसकेको स्वीकार गर्दै, जनविश्वास र नैतिकताका लागि पद त्याग गरेको बताए।

यसअघि विभिन्न दलका सांसदहरूले उनीविरुद्ध चर्को आलोचना गरेका थिए। संसदीय छानबिन समितिको प्रतिवेदनमा पनि उनी र समितिका सचिवलाई नैतिक जिम्मेवारको रूपमा उल्लेख गरिएको थियो।

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.