Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

एनटीभीए सचिव पदमा टेक पुन मगरको उम्मेदवारी घोषणा

Advertisement

Advertisement

काठमाडौं – नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) को आगामी २०८२ साल भदौं ३ गते (१९ अगस्ट २०२५) हुने निर्वाचनमा सचिव पदका लागि टेक पुन मगरले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

बरिष्ठ पर्यटक यातायात व्यवसायी भिम बहादुर गोले तामाङको नेतृत्वमा रहेको समूहबाट उम्मेदवार बनेका मगर आफ्नो नरम, मिजासिलो र भद्र स्वभावका कारण व्यवसायीबीच लोकप्रिय मानिन्छन्।

उम्मेदवारी घोषणा समारोहमा मगरले पर्यटक यातायात क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई पहिलो प्राथमिकता दिने बताए। उनका अनुसार, वर्तमान कार्यसमितिले सुरु गरेका अधूरा योजनालाई निरन्तरता दिँदै प्रादेशिक कार्यालय विस्तार, इम्बुस्ट नम्बरसम्बन्धी व्यवसायीको अधिकार सुनिश्चित, सवारी पार्किङ समस्या समाधान, आधुनिक भाडादर लागू तथा रातो नम्बर प्लेटको प्रयोगलाई पर्यटक यातायात कम्पनीमा मात्र सीमित गर्ने योजना रहेको छ।

सचिव पदका उम्मेदवार मगरले व्यवसायीमैत्री वातावरण निर्माणका लागि शुद्ध सेवाभाव र पारदर्शितासहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण पर्यटन व्यवसायी, चालक तथा सहचालकलाई आगामी निर्वाचनमा आफ्नो पक्षमा मत दिन आग्रह गरेका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.