Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

चितवनको मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

Advertisement

Advertisement

चितवन – आज बिहान ४:०० बजे तुईन पुल नजिकै माथिबाट खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड दुबै तर्फको सवारी आवागमन अवरुद्ध भएको छ। ठूलो ढुंगा र माटोसहितको पहिरोले सडक पुरिएपछि तत्काल यातायात आवागमन रोकिएको हो।

सडक डिभिजन चितवनका अनुसार पहिरो पन्छाउने कार्यका लागि आवश्यक मेसिनरी उपकरण स्थलमा पुगिसकेको छ। करिब २–३ घण्टाभित्र सडक पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ।

यस खण्डमा वर्षायामको समयमा पहिरोको जोखिम उच्च हुने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन, बुझेर मात्र यात्रा गर्न र सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

सडक बन्द हुँदा मुग्लिन र नारायणगढ दुबै दिशामा सवारी साधनको लामो लाइन लागेको छ।

📸 तस्बिर : सडक सुपरभाइजर ईश्वर क्षेत्री

By छबिलाल शर्मा ल्युजर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.