Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

राप्रपाद्वारा परराष्ट्रमन्त्री आरजु राणाको राजीनामा माग

Advertisement

Advertisement

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परराष्ट्रमन्त्री आरजु राणा देउवाको तत्काल राजीनामा माग गरेको छ।

इजरायलमा हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारमा प्रभावकारी पहल गर्न नसकेको आरोप लगाउँदै राप्रपा प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्रमन्त्री राणाको भूमिकामाथि प्रश्न उठाएका हुन्।

शाहीले सामाजिक सञ्जालमार्फत मन्त्रालयप्रति आक्रोश व्यक्त गर्दै मन्त्री र कर्मचारीहरू दुवै कूटनीतिक जिम्मेवारी पूरा गर्न असफल भएको टिप्पणी गरेका छन्। उनका अनुसार, परराष्ट्र मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको सुरक्षा र न्याय सुनिश्चित गर्न नसक्नु दुर्भाग्यपूर्ण छ।

शाहीले भनेका छन्, “नागरिकको जीवन रक्षा गर्न नसक्ने, पीडामा परेकालाई राहत दिन नसक्ने मन्त्री र कर्मचारीहरूको पदमा रहिरहन कुनै औचित्य छैन। परराष्ट्रमन्त्रीले अब राजीनामा दिनुपर्छ।”

उनले कूटनीतिक ज्ञान र सक्रियताको अभावले नेपाली नागरिकको ज्यान जोखिममा परेको भन्दै मन्त्रालयको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.