Niluwa Online Khabar

२०८३ बैशाख ३ गते
२०८३ बैशाख ३ गते

राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगर समितिको वडा अधिवेशन सम्पन्न

Advertisement

Advertisement

गलकोट/ राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगर समितिले वडा नं. २ र ३ को संयुक्त वडा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन शनिबार गलकोट–३ भण्डारी पार्टी प्यालेश मा भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय प्रमुख सचेतक सन्तोष परियारले सबै सदस्य एकजुट भई संगठनलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले २०८४ को निर्वाचनमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अवसर दिने विश्वास व्यक्त गर्दै गलकोटका मुद्दा प्रतिनिधि सभामा निरन्तर उठाउने प्रतिबद्धता जनाउनुभयो।

अधिवेशनको अवसरमा तिलक बहादुर क्षेत्रीको सभापतित्वमा ११ सदस्यीय गलकोट नगरपालिका वडा नम्वर २ वडा समिति गठन गरिएको छ । समितिको उपसभापतिमा चेत कुँवर, सचिवमा चिरञ्जीवी कंडेल, सह–सचिव कुमारी कार्की, कोषाध्यक्षमा कुल बहादुर सुनार रहनुभएको छ । त्यस्तै समितिको सदस्यमा सावित्रा कार्की, सुशिला बोहोरा, प्रेम दर्जी, ओम पुन, डम्मर बहादुर वस्नेत र कृष्ण बहादुर बोहोरा रहनुभएको छ ।

त्यस्तै बुद्धजंग खत्रीको सभापतित्वमा ११ सदस्यीय गलकोट नगरपालिका वडा नम्वर ३ वडा समिति गठन गरिएको छ । समितिको उपसभापतिमा कमला दर्जी, सचिवमा सन्त बहादुर खत्री, कोषाध्यक्षमा मोहन दर्जी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा रिता के.सी, डिल बहादुर कार्की, पवन बोहोरा, चुमा भण्डारी, छम बहादुर दर्जी, लाल बहादुर भण्डारी, लक्ष्मी खत्री रहनुभएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय संगठन विभाग सदस्य अशोक खड्का, गण्डकी प्रदेश महामन्त्री नविन त्रिपाठी, जिल्ला सभापति महेन्द्र खड्का, जिल्ला क्षेत्र नं. १ का सचिवालय संयोजक खिमानन्द पौडेल, जिल्ला उपसभापति ढालिन्द्र रायमाझि, नगर सभापति राजेन्द्र पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो

कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगरपालिका वडा नं. ३ का सभापति बुद्धजंग खत्रीको अध्यक्षता, नगर सदस्य सुवेदार गंगा बहादुर खड्काको स्वागत र जिल्ला सचिव लिल बहादुर खत्री बविनको सञ्चालनमा सम्पन्न भएको थियो।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.