मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका गतिविधि रोक्न आग्रह गरेको छ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा केही समूहले विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको उल्लेख गरिएको छ। यस्तो कार्य नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलाई सहयोग गर्न सेनाले अपिल गरेको छ।
सूचनामा भनिएको छ, यदि यस्ता गतिविधि रोकिएन भने आज राति १० बजेदेखि नेपाली सेना सहित सबै सुरक्षा संयन्त्र परिचालित हुनेछन्।
सुरक्षा संयन्त्र परिचालनपछि परिस्थितिको पुनर्मूल्यांकन गरी आवश्यक परे थप सूचना जारी गरिने पनि सेनाले जनाएको


