Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

पाल्पाको तानसेन नगरपालिका–१४ अर्गेली नजिकै बुटवलबाट गुल्मी आउँदै गरेको इभी गाडी दुर्घटना

Advertisement

Advertisement

पाल्पाको तानसेन नगरपालिका–१४ अर्गेली नजिकै बुटवलबाट गुल्मी आउँदै गरेको इभी गाडी दुर्घटना भएको छ।
बा.प्र. ०१–३१ च ७९५७ नम्बरको गाडी आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

कार्यालयका सूचना अधिकारी डिएसपी ओमप्रकाश चौधरीका अनुसार गाडीमा चालकसहित १४ जना सवार थिए। तीमध्ये चार जना घाइते भएका छन्। एकजना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गाडी सडकबाट करिब ५० मिटर तल खस्दै रुखमा अड्किएको थियो।

By लालु प्रसाद गैरे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.