Niluwa Online Khabar

२०८३ जेष्ठ १५ गते
२०८३ जेष्ठ १५ गते

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन कार्यतालिका स्वीकृत गर्‍यो

Advertisement

Advertisement

असोज २० – निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ।

आयोगको सोमबार बसेको बैठकले कार्यतालिका स्वीकृत गरेको हो। स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता कार्यक्रम सञ्चालन हुनेछ।

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। फागुन ३ गतेदेखि १८ गतेसम्म प्रचारप्रसार अवधि रहनेछ भने त्यसपछि प्रचार निषेध अवधि सुरु हुनेछ।

मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। दुवै निर्वाचन प्रणालीका मतपेटिका संकलनपछि मतगणना सुरु गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम तय गरिएको छ।

आयोगले निर्वाचन तयारीका क्रममा राजनीतिक दल तथा सरोकारवालासँग परामर्श र समन्वय गर्दै जाने जनाएको छ। साथै, आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको स्पष्ट पारेको छ।

आयोगद्वारा जारी विज्ञप्तिअनुसार निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.