Niluwa Online Khabar

२०८३ जेष्ठ १६ गते
२०८३ जेष्ठ १६ गते

यस वर्षको मनसुन नेपालभरबाट पूर्ण रूपमा बाहिरियो

Advertisement

Advertisement

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि देशभरबाट मनसुनको समाप्ति भएको हो। विभागले जनाएको छ कि २० असोजका दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका अधिकांश स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भागका केही स्थानहरूबाट मनसुन बाहिरिन सुरु भएको थियो।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (१६ असोज) भए पनि यस वर्ष मनसुन आठ दिन ढिलो गरी बाहिरिएको विभागले जानकारी दिएको छ।

यद्यपि मनसुन समाप्त भए पनि स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण कतिपय स्थानमा आंशिक बदली र हल्का वर्षा हुने सम्भावना रहन सक्ने विभागले उल्लेख गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.