Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

इजरायल–हमास युद्धविराममा खुसीको खबर, विपिन जोशी जीवित सूचीमा परे

Advertisement

Advertisement

इजरायल र हमासबीच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकहरूको सूची सार्वजनिक गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू — टाइम्स अफ इजरायल र एपी न्युज एजन्सी — ले सार्वजनिक गरेको उक्त सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम पनि समावेश छ।

यसअघि विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी नभएको र उनी हराइरहेको समाचारहरू आएका थिए। तर अहिलेको सूचीले उनी जीवित रहेको आशा जगाएको छ।

सहमति अनुसार, युद्धविराम लागू भएपछि सोमबारदेखि मंगलबारसम्म बन्धकहरूलाई क्रमिक रूपमा रिहा गर्ने तयारी गरिएको छ। सो क्रममा इजरायलले पनि करिब दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ।

विपिन जोशीसँगै जीवित बन्धकको रूपमा नाम समावेश भएका अन्य व्यक्तिहरूमा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जंगाउकर रहेका छन्।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.