Niluwa Online Khabar

२०८३ बैशाख २ गते
२०८३ बैशाख २ गते

११ देशका नेपाली राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णय

Advertisement

Advertisement

काठमाडौं । सरकारको निर्णय अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाइएको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (बेलायत), संयुक्त राज्य अमेरिका र जापानका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाइएको हो।

फिर्ता बोलाइएका राजदूतहरूले आगामी २० कात्तिकभित्र नेपाल फर्किसक्नुपर्ने मन्त्री खरेलले बताए।

फिर्ता बोलाइएका राजदूतहरू यसप्रकार छन् —

चीनका कृष्णप्रसाद ओली

जर्मनीका शैल रुपाखेती

मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना

इजरायलका धनप्रसाद पण्डित

कतारका रमेशचन्द्र पौडेल

रुसका जंगबहादुर चौहान

साउदी अरबका नरेशविक्रम ढकाल

स्पेनका शनिल नेपाल

बेलायतका चन्द्रकुमार घिमिरे

अमेरिकाका लोकदर्शन रेग्मी

जापानका डा. दुर्गाबहादुर सुवेदी

सरकारले भारतका लागि नेपाली आवासीय राजदूतलाई भने फिर्ता नबोलाउने निर्णय गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.