Niluwa Online Khabar

२०८३ बैशाख ८ गते
२०८३ बैशाख ८ गते

रास्वापा पाण्डबखानीमा असोज ३० गते पहिलो वडा अधिवेशन, तयारी तीव्र

Advertisement

Advertisement

सुरेश छन्त्याल / गलकोट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) गलकोट नगरपालिका–१० पाण्डबखानीले यही असोज ३० गते पहिलो वडा अधिवेशन गर्ने तयारी तीव्र पारेको छ।

वडा समितिका अनुसार अधिवेशन पाण्डबखानीस्थित सिएमसी भवन, गैराभाटीमा बिहान ११ बजे सुरु हुनेछ। कार्यक्रममा जिल्ला सभापति, नगर सभापति र स्थानीय नेताहरूको विशेष उपस्थितिमा अधिवेशन भव्य रूपमा सम्पन्न गरिने बताइएको छ।

रास्वापा पाण्डबखानी वडा समितिका सदस्यहरूले अधिवेशनलाई सफल, सभ्य र उत्साहजनक बनाउनका लागि देश तथा विदेशमा रहेका अग्रज व्यक्तित्व, व्यवसायी, समाजसेवी, युवा तथा स्थानीय बासिन्दाहरूबाट आर्थिक, भौतिक, नैतिक र सम्यगात्मक सहयोग प्राप्त भइरहेको बताएका छन्।

आयोजक समितिका अनुसार आगामी अधिवेशनले वडास्तरमा संगठन सुदृढ पार्दै, नयाँ नेतृत्व चयन गर्ने र आगामी राजनीतिक यात्राको दिशानिर्देश तय गर्ने उद्देश्य लिएको छ।

यस्तै, समितिले स्थानीय बुबा–आमा, दिदीबहिनी र दाजुभाइहरूलाई अधिवेशनमा उपस्थित भई आफ्नो गरिमामय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।

By निलुवा खबर

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.